खुल्यो दशैँको टिकट बुकिङ, अनलाइनबाटै टिकट काट्न सकिने 

काठमाडाैँ । सरकारले आजदेखि दशैँका लागि सवारी साधनहरुको अग्रिम टिकट बुकिङ खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठका अनुसार दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिएकाे  हाे ।

कोरोना महामारीको जोखिम नघटेकोले अनलाइन प्रणालीबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउँदा सहज र उपयुक्त हुने उनले बताए । उनले काठमाडौं उपत्यकाको १४ वटा स्थानमा यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा आउने जानकारी दिए । दशैँको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न कुनै पनि सवारीसाधन चेकजाँचमा खुला गर्ने बताउँदै सचिव श्रेष्ठका दशैँलक्षित राजमार्गहरु खुलाउने, सडक मर्मत गर्ने कार्यमा मन्त्रालय लागि परेको बताए ।

अनलाइन तथा मोबाइल एपबाटै टिकट खरिद गर्न उनको आग्रह पनि छ । ‘कोरोना महामारीको जोखिम घटेको छैन, अनलाइन तथा मोबाइल एपबाटै टिकट खरिद गर्ने प्रोत्साहन गर्नुपर्छ’, सचिव श्रेष्ठले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न उपभोक्ताहरुलाई अनुरोध गरे । उनले मोबाइलबाट खल्ती डटकम, इसेवा र सम्पूर्ण बैंकहरुको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सकिने र अनलाइनबाट भने यातायात व्यवसायीहरुको अनलाइनबाट टिकट खरिद गर्न सकिने बताए ।

याे पनि : दशैँमा घर जाँदै हुनुहुन्छ, कहाँ जान कति लाग्छ भाडा ?

महानिर्देशक घिमिरेले अनलाइन टिकट काटेर आउने हरेक यात्रुहरुलाई यस वर्ष एक बोतल एक लिटरको मिनिरल वाटरको व्यवस्था मिलाइएको पनि बताए । उनले दशैँमा टिकट वितरण गर्न धेरै विचौलिया देखापर्ने समस्या रहेको भन्दै यसवर्ष टिकट काउन्टरमा बसेकालाई परिचय पत्र र तोकिएको पोशाक उपलब्ध गराउने भएकोले उक्त काउन्टरमा रहेका पोशाक लगाउने र परिचय पत्र भएकाहरुबाट मात्रै टिकट काट्न आग्रह गरे ।

महानिर्देशक घिमिरेले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भीडलाई मध्यनजर गर्दै काठमाडौं का विभिन्न स्थानबाट सवारी साधनहरु छुट्ने बताए । पश्चिम चल्ने यातायातका लागि नयाँ बसपार्क र पूर्वका सवारीसाधनहरुका लागि कोटेश्वर, चाबहिल, नदीका खाली ठाउँहरुमा प्रहरीको सक्रियतामा सवारीसाधन छुट्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =