महालक्ष्मी लाईफको राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन

काठमाडौँ । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ ।

असोज ९ गते रौतहटको दुर्गा भगवती गाँउपालिका सामूदायिक भवनमा एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो । शम्भु सिहंको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रीय प्रमुख दिगम्बरप्रसादले प्रशिक्षण दिएका थिए ।

बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डीके झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारे ।

त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ ।

उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आइतबार बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो । ४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पसका प्राचार्य राम प्रसाद गौतमले मन्तव्य राख्नु राखेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सीताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *