सेयर बजार राताम्मे : ६१ अङ्कले बजार घट्दा ६ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ ।

यस दिन बजार परिसूचक (नेप्से) ६१.२७ अङ्कले घटेर २७५८.४८ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक समेत १०.७० अंकले घटेर ५१९.३७ बिन्दुमा समेटिएको छ ।

यस दिन कारोबार रकम समेट घटेको छ । यस दिन ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँमा १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर खरिद बिक्री भयो ।

यस दिन म्युचुल फण्डबाहेका सबै समूहगत परिसूचक राताम्य भएका छन् । यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *