एमाले बैठक : समूहगत प्रश्नमाथि छलफल जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा समूहगत रूपमा उठेका प्रश्नहरूमाथि छलफल भइरहेको छ । दुई दिनका लागि बोलाइएको बैठक शनिवार नसकिएपछि पुनः आज बसेको हो ।

आजको बैठकमा १० वटा समूहको सुझाव तथा प्रश्नहरूमाथि दस्ताबेज तयारकर्ताले जवाफ दिँदैछन् । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेललगायतका नेताहरूले जवाफ दिँदैछन् ।

अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले राखेको सांगठानिक र उपमहासचिव पौडेलले पेस गरेको विधान संधोधन प्रस्तावमा छलफल चलिरहेको छ ।

बैठक आजै सकिने प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताएका छन् । ‘दुई दिनका लागि बोलाइएको बैठकमा तीन दिनसम्म आइसक्यो,’ भट्टराईले भने, ‘बैठक आजै सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *