कपनको ढलमा खसेका बालकको शव ललितपुरमा फेला

काठमाडौँ । काठमाडौँ कपनको ढलमा बसेका बालकको शव ललितपुरमा भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिवार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।

उनकाअनुसार सनाखत भइसकेको छ । ‘फोटो हेरेर परिवारले सखानत गरसक्नु भएको छ,’ उनले भनिन्, ‘प्रहरीले शव ल्याउँदैछ । त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’

गत मंगलबार बुढानिलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर एक बालक बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *