इजरायलको रोजगारीका लागि १६०० जना सिफारिस (सूचीसहित)

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि १ हजार ६ सय परीक्षार्थी सिफारिस गरेको छ । भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य १६ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो ।

नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ । विभाागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ । इजरायलले नेपाली कामदार लैजाने कोटा १ हजार ४ सय हो ।

इजरायलको रोजगारीका लागि लिइएको भाषा परीक्षामा ६ हजार ३१७ जना सहभागी भएका थिए । इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *