कांग्रेस गाउँ/नगर अधिवेशन

मतपत्रमा त्रुटि भएपछि राइनासमा तनाव, उम्मेदवारले नै मतपत्र जलाए

पोखरा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ ।

यही क्रममा लमजुङको राइनास नगरपालिकामा मतपत्र त्रुटिपूर्ण भएको भन्दै तनाव सिर्जना भएको छ । त्यहाँ सभापति पदको मात्रै निर्वाचन भएको हो । मतदान चलिरहेका बेला त्रुटिपूर्ण मतपत्र भेटिएकोले विवाद भएको हो ।

सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले मतदान गर्ने बेला मतपत्रमा रेजा लगाउने कोठा नभएपछि मतदान रोकिएको थियो । सभापतिमा पौडेल र नुरराज कडरिया प्रतिस्पर्धामा छन् । आधा मत खसिसकेपछि यस्तो समस्या भएको हो ।

नगरपालिकामा २०२ मतदाता रहेकोमा शनिबार १२३ मत खसेपछि मतदान स्थगित भएको हो । उनीहरूले मतपत्र नै जलाइदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *