दराजले ल्यायो ‘दशैँ धमाका’

काठमाडौँ । अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान-दराज दशैँ धमाका सुरु भएको घोषणा गरेको छ ।

यो अभियान असोज १० देखि सुरु हुनेछ । यसमा ग्राहकहरूले १० लाखभन्दा बढी उत्पादनहरूमा छुट पाउने कम्पनीले जनाएको छ ।

अभियानका मुख्य आकर्षणहरू भने निःशुल्क सिपिङ, अनलाइन प्रि-पेमेन्टमा २० प्रतिशत (अधिकतम दुई हजार पाँच सय)को छुट, पाँच हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको उत्पादन १ रुपैयाँमै जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमिङ सुविधाले ग्राहकहरूलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

अभियानको अन्य हाइलाइटहरू भने रस आवर, ईमेज रिभ्यू एन्ड वीन, नयाँ प्रयोगकर्ताका लागि भाउचर, खेल क्षेत्रहरू, फलो एन्ड वीन, बिक्रेता भाउचर र फटाफट डील रहेका छन् ।

कार्ड प्रि-पेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरू डेबिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकतम दुई हजारम्म छूट) र क्रेडिट कार्डको माध्यमबाट २० प्रतिशत (अधिकत्तम दुई हजार पाँच सय सम्म) सम्म बचत गर्न सकिने दराजले जनाएको छ ।

विशेषगरी नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरूमाथि उल्लेखित पूर्व-भुक्तानीमा छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *