करिष्मा भन्छिन्- स्नातकमा भेटौँला

काठमाडौँ । अभिनेत्री करिष्मा मानन्धरको कक्षा १२ को परीक्षा सकिएको छ । उनले सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँगको तस्बिर राख्दै परीक्षा सकिएको जानकारी दिएकी हुन् ।

उनले तस्बिरसहित ‘गुड बाई १२, सबै जना स्नातकमा भेटौँला’ लेखेकी छन् । पढाइको महत्त्व बुझेर उनी केही वर्षयता औपचारिक अध्ययनमा जोडिएकी छन् ।

कक्षा १२ को परीक्षाकै समयमा उनी विवादमा समेत परिन् । उनले पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले फोन गरेर आफ्नो परीक्षाको विषयमा सोधेको बताएकी थिइन् । विवाद आउन थालेपछि भने उनले तस्बिर हटाएर पोस्टमात्रै राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *