घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ८९ हजारमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चादी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *