रेमिट्यान्समा उच्च गिरावट, वैदेशिक लगानी ६५ प्रतिशतले खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विप्रेषण (रेमिट्यान्स)मा उच्च गिरावट आएको छ । राष्ट्र बैंकले साउन महिनाको तथ्यांकमा आधारमा जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले साउनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा कमी आएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पछिल्लो समय देशमा भित्रिने रेमिट्यान्स बढिरहेको अवस्थामा चालु आबको पहिलो महिनामा भने उच्च गिरावट आएको तथ्याङकले देखाएको हो । गत आवको सोही अबधिमा भने रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेर ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

आर्थिक वर्षको पहिलो महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी समेत ६५.५ प्रतिशतले घटेको छ । चालु आवको पहिलो महिनामा ४८ करोड ६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

आयात बढेको छ भने वैदेशिक मुद्रा आर्जनमा गिरावट आएएको छ । रेमिट्यान्स समेत घटेकोले साउनमा देशको शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा गएको बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो।

चालु वर्ष विदेशी विनिमय सञ्चितिमा समेत ३.२ प्रतिशतले कमी आई साउन मसान्तसम्ममा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ । जबकी २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *