दशैंका लागि अग्रिम टिकट बुकिङ ११ असोजदेखि

काठमाडौँ । दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुहरुका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ ११ असोजदेखि कुला हुने भएको छ । सरोकारवाला निकायहरुसँग यातायात व्यवस्था विभागले बिहीबार गरेको छलफलले यस्तो निर्णय गरेको हो ।

विभागले बिहीबार यातायात व्यवसायी, ट्राफिक प्रहरी र उपभोक्ताकर्मीहरुसँग छलफल गरेर यस्तो निर्णय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक यातायातको भाडा सबै ठाउँमा लागि २८ प्रतिशतले बढाउनु पर्ने, वर्षाका कारण क्षति भएको सडक मर्मत गर्नुपर्ने यातायात व्यवसायीको माग रहँदै आएको छ । उक्त माग मध्ये संघीय सरकारले २८ प्रतिशतले सवारी साधानको भाडा बढाएको भए पनि सबै प्रदेशहरुले भाडा नबढाएको यातायात व्यवसायीको गुनासो रहँदै आएको थियो ।

व्यवसायका मागका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँग शुक्रबार छलफल गर्ने शर्तमा गाडीको अग्रीम टिकट बुकिङ भने ११ असोजबाट खोल्न व्यवसायीहरु सहमत भएका हुन् ।

खास गरी काठमाडौँ उपत्यकाबाट दशैं, तिहार र छठ जस्ता पर्वका मान्न बाहिरिने नागरिकको संख्या ठूलो छ । गत वर्ष कोभिड प्रभावका कारण दशैंका लागि अग्रीम टिकट बुकिङ खुलेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *