सिद्धार्थ बैंकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग

काठमाडौँ । सिद्धार्थ बैंकले चेक जोन्टा क्लब अफ काठमाडौँलाई ४ लाख ९७ हजार २ सय रुपैयाँको सहयाेग रकम हस्तान्तरण गरेको छ ।

बिहीबार बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनका लागि प्रयोग गर्ने गरी सहयोग गरेको हो ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।

जोन्टा काठमाडौँले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गरिरहेको छ । र, ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसँग पनि सहकार्य गरेको छ ।

सन् २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैंकिङ र रेमिट्यान्स सेवाहरु प्रदान गर्दै आएको छ । बैंकका देशभर १८० वटाभन्दा बढी शाखा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *