एफएनसीसीआईद्वारा वस्तुुगत संघका समस्या समाधान गर्न छलफल सुरु

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघहरूकाे समस्या समाधान गर्न पहल सुरू गरेकाे छ ।वस्तुगत संघका भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू सुनेर समाधानका लागि पहल लिन महासंघले छलफल सुरू गरेकाे हाे ।

छलफलका क्रममा फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीनबहादुर तामाङले कोभिडका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव राखे । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पूरा गरिरहेको र आत्मनिर्भर उन्मुख रहेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यास ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने लगायतका सुुझाव दिए । संघमा हाल ५८ वटा ग्यांस उद्योगहरू आवद्ध रहेका छन् । एलपी ग्यास उद्योगमा करिब ११ अर्ब लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसँग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ राजदूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुुझाव राखे ।

लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हालपनि न्यूनतम सख्ंया तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकोले आयात पूर्ण रूपमा खोलिनु पर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुनुपर्ने, सीमा नाका तातोपानी र रसुवामा चिनिया पक्षबाट प्राप्त एसपीएस प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने हुँदा यस्तो प्रयोगशालाको स्थापना हुनुपर्ने, सीमा नाकामा आयात निर्यातसंग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधाका लागि र उत्पन्न समस्या समाधान गर्न निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीन बीच भएको पारवहन सम्झौता प्रोटोकलको जति सक्दो चाँडो कार्यान्वयनमा ल्याइनुपर्ने सुुझाव संघको छ ।

यसरी आएका सुुझाव एवं गुुनासालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताए । कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद् मार्फत अगाडि बढाउने विश्वास दिलाए । एलपी ग्यासका सम्बन्धमा सरकारसँग बसेर छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै सञ्चालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनियाँ राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी ठोस पहल गर्ने प्रतिवद्धता जनाए ।

उक्त अवसरमा संघका नवनिर्वाचित अध्यक्षहरूले महासंघले अत्यन्त महत्वपूर्ण कार्यक्रमको थालनी गरेकोमा प्रशंसा समेत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वस्तुुगत संघहरूको वास्तविक समस्या पहिल्याई समस्या संवोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताए । महासंघको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यवसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेकाले यसमा सबै सदस्य संघको हातेमालो आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाई एवं शुुभकामना दिँदै महासंघले सदस्य वस्तुुगत संघहरूसँग सँधै नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुुनी त्यसलाई सम्वोधन गर्ने प्रयास स्वरुप नवनिर्वाचित टिमसँग यस प्रकारको कार्यक्रमको थालनी गरेको बताए । महासंघले वस्तुुगत संघहरूलाई उच्च प्राथमिकता दिई महासंघमा वस्तुुगत संघलाई मात्र सेवा दिन वस्तुुगत सचिवालयको स्थापना गरेको, संघहरुसँग नियमित छलफल गरी वास्तविक समस्या पहिचान गर्न र सम्बन्धित निकाय मार्फत सम्बोधन गर्न पहल गरेको स्पष्ट पारे ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासंघले आफना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताए । वस्तुगत संघहरु अर्थतन्त्रका बलिया खम्बा भएकाले वस्तुगत संघहरू समस्यारहित ढंगवाट चल्न सके रोजगारी सिर्जना र लगानी आकर्षणमा समेत सहयोग पुुग्ने बताए । साथै महासंघले सबै सदस्यको इमेल ठेगानमा एकरूपता ल्याउन काम गरिरहेको समेत स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *