बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका २ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका- २ मा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ बुढीगंगा- ७ का ५० का आशराम माझी रहेका छन् । ईटहरीबाट विराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्ने क्रममा लागेको को ३४ प ९०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक माझीको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *