धर्नामा बसेकाहरूमाथिको हातपात सह्य हुँदैन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले धर्नामा बसेकाहरूमाथि भएको हातपात सह्य नहुने बताएका छन् ।

क्रियाशिल विवाद समाधान गर्नुपर्ने मागसहित धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा नारावाजीसहित गरेको विरोध प्रदर्शनका क्रममा नेता कोइरालाले यस्तो बताएका हुन् ।

बिहीबार सानेपामा कांग्रेस संस्थापन इतर समूहको नेताहरूसहित कार्यकर्ताहरुले नाराबाजीसहित विरोध जनाएका थिए । कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरुले विधान सम्मत क्रियाशील लागू गर्नुपर्ने, गुण्डागर्दी बन्द गर्नुपर्ने लगाएतका नारा लगाएका थिए । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले प्रदेश दुईका ८ जिल्लाका क्रियाशिल विवाद टुङ्गो लगाउन नसकेको अवस्थामा धर्नामा बसेकामाथि नै हातपात हुने घटन सह्य नहुने बताएका हुन् । पार्टी कब्जा  गर्ने उद्देश्यले जिल्ला जिल्लामा गुण्डागर्दी बढेको भन्दै उनले यस्ता कार्यहरू तुरुन्तै रोकिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस नेता अमरेशकुमार सिंहले कार्यकर्ता कुट्ने मन्त्रीलाई कारबाही गर्न माग गर्नुका साथै क्रियाशील सदस्यताको टुङ्गो नलाग्दा कांग्रेसको महाधिवेशन कार्यतालिका नै प्रभावित भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *