चाडपर्व लक्षित बजार अनुगमन सुरु

काठमाडौँ । चाडपर्व लक्षित बजार अनुगमन बिहीबारबाट सुरु भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो ।

वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नापतौल विभाग, खाद्य तथा गुणस्तर विभाग तथा उपभोक्ता अधिकार कर्मीहरुले संयुक्त टोलीले बजार अनुगमन सुरु गरेको हो । टोलीले उपत्यकाका तीनै जिल्लामा संयुक्त रुपमा अनुगमन गर्ने जनाएको छ ।

मन्त्रालयबाट खिटिएका १२ जना र विभागको ८ जना गरी २० जनालाई विभिन्न ६ वटा टोली बनाएर अनुगमनमा खटाइने विभागले जनाएको छ ।

चाडपर्वका बेला नेपालमा खाद्यान्न, माछामासु, लत्तापडा तथा चाडपर्व लक्षित वस्तुको खरिद–बिक्री बढ्ने गरेको र यही समयमा कोलोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने र म्याद नाधेका वस्तु समेत बिक्री गर्ने जस्ता अवाञ्छित गतिविधि समेत हुने सम्भावना रहेकोले अनुगमन सुरु गरिएको वाणिज्य विभागले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *