झिनो अकंले बढ्यो नेप्से, साढे ७ अर्बकाे कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक २.७० अकंले बढेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१० प्रतिशतले बढेर २८१९.६५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १.९३ अकंले बढेर ५३०.०२ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्य दुई उपसूचक मात्र बढेका छन् भने अन्य ११ वटा उपसूचक घटेका छन् ।

यसदिन कारोबारमा आएका २२८ कम्पनीका  १ करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर  ७ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँमा  खरिदबिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *