निगमका आन्दोलनरत कर्मचारीले आपराधिक गतिविधि गरेको महाप्रबन्धकको आरोप

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमका निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई आन्दोलनरत कर्मचारीले कोठाभित्र थुनेर निगमको कोष अनाधिकृत खर्च गर्न पाउने गरी जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन् ।

बिहीबार विज्ञप्ती जारी गरी महाप्रबन्धक पौडेले यस्तो आरोप लगाएका हुन् । यसले निगमको संगठनात्मक पद्धति, अनुशासन र संस्थागत सुशासनमै प्रश्न उठेको उनले बताएका छन् । कर्मचारीको आन्दोलनका बाबजुत दशैं अगाडि नै नियमसंगत ढंगले तलव भत्ता दिने पहल भइरहेको समयमा यस्तो गतिविधि भएको समेत उनले बताएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलव भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा तालुक मन्त्रालयमा छलफल गरी नीतिगत सहमति लिई दशैं अगाडि नै वितरण गर्ने तयारी थियो ।’

कर्मचारीको आन्दोलनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा विस्तारको काम अवरुद्ध भएको उनले बताएका छन् ।

वायु सेवा निगमलाई निजीकरण गर्ने अघिल्लो सरकारको तयारी पछि त्यसको विरोधमा असार १८ गतेदेखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए । तर, सरकारले कर्मचारीको माग र आन्दोलनलाई सम्बोधन गरेको छैन । यसले कर्मचारी आन्दोलनमा छन् भने निगमका नियमित काम कारवाही समेत प्रभावित हुने अवस्था बनेको छ ।

सरकारले निगमलाई निजीकरण गर्ने कुनै योजना नरहेको बताइरहेको भए पनि कर्मचारीले त्यसलाई विश्वास गर्न सकेका छैनन् ।

यस्ताे छ विज्ञप्ती :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *