सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *