लस्कर फुड्सले ल्यायो आकर्षक अफर

काठमाडौँ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरूमा विशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्‍याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आज देखी अनलाइन प्रतियोगिता समेतको आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ ।

२ जना विजेता ग्राहकले चाहेको खानेकुरा जित्न सकिने छ । रु १५०० बराबरको खानेकुरा एप बाट मगाइ वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी विजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सकिने ओस्तीको भनाई छ । नेपालीको महान् चाडबाड नजिकिए सँगै हामीले क्रमशः विभिन्न अफरहरू ल्याउँदै जाने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको छ ।

तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो । लस्कर फुड्सले खाना पुर्‍याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु-पे, ई सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *