त्रिविले तोक्यो परीक्षा केन्द्र‚ कसको कहाँ ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायमा स्नातकोत्तर तह दोस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

असोज ११ गतेदेखि सञ्चालन हुने मानविकी‚ शिक्षाशास्त्र र व्यवस्थापन संकायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाका लागि काठमाडौँ र आसपासका जिल्लाका परीक्षार्थीका लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालय‚ परीक्षा नियन्त्रण कार्यालय‚ बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुरूप २०७८ साल अश्विन ११ गतेदेखि सञ्चालन हुने मानविकी‚ शिक्षाशास्त्र र व्यवस्थापन (एम.ए‚ एम.एड र एम.पी.ए) संकायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षका क्याम्पस तथा प्राइभेट (आंशिक) परीक्षा दिने काठमाडौँ उपत्यका र आसपासका जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निर्धारण गरिएको छ‚’ बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *