नेप्सेमा हरियाली, कारोबार रकम भने सवा ६ अर्बमा सीमित

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक १०४.८८ अकंले बढेको छ ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ३.८७ प्रतिशतले बढेर २८१६.९५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक १९.४७ अकंले बढेर ५२८.१० बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहका सबै उपसमूहको सूचक बढेका छन् ।

त्यस्तै बुधबार नै कारोबारमा आएका ६ अर्ब १७ करोड ९३ लाख १ सय ५८ रुपैयाँको २ सय १७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन बेस्ट फाइनान्स कम्पनी लिमिटेड,कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड,हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड,लिबर्टी एनर्जी कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड,युनिभर्सल पावर कम्पनी लिमिटेड,रिलायन्स फाइनान्स लिमिटेड,प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड,दिव्यश्वरी हाइड्रोपावर लिमिटेड,बहुउद्देश्यीय वित्त कम्पनी लिमिटेड, र मनकामना स्मार्ट लघुवित्त बिटिया संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *