साहस ऊर्जाको सेयर बिक्रि खुल्ला

काठमाडौँ । साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आइपिओ)मा आजदेखि निष्कासन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न लागेको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । निष्कासन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ)निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मङ्सिर २४ गते सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त सेयरमा सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने सकिनेछ ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *