डुबेर तीन जनाको ज्यान गयो

जनकपुरधाम । सप्तरीको पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको छ । फरक फरक स्थानमा पानीमा डुबेर दुई बालिकासहित तीन जनाको ज्यान गएको हो ।

पोखरीमा नुहाउने क्रममा सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ । त्यस्तै कपडा धुने क्रममा बिहान तिलाठी कोईलाडी गाउँपालिका-२ लौनिया बस्ने भतो मंसुरीकी छोरी १२ वर्षीया सबना खातुनको मृत्यु भएको छ । घर नजिकैको नहरमा कपडा धुने क्रममा सबनाको डुबेर मृत्यु भएको हो ।

भाडाँ मस्काउने क्रममा महादेवा गाउँपालिका-४ परसाही टोलका अमृत सदाका ३० वर्षीया छोरी लक्षन कुमारी सदाको मृत्यु भएको छ । घर नजिकै सार्वजनिक पोखरीमा भाँडा धुने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर मृत्यु भएका तीनैजनाको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनले तीनवटै घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *