कुलमानलाई सर्वोच्चको ‘ग्रीन सिग्नल’‚ दिएन अन्तरिम आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

कुलमानलाई कार्यकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेपछि कुलमानलाई काम गर्ने बाटो खुलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *