तीव्र उतारचढावबीच १३ अकं बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब

काठमाडौँ ।  तीव्र उतारचढावका बीच मंगलबार सेयर बजार (नेप्से) परिसूचक १३.८३ अकंले बढेको छ । बजारमा काराेबार सुरू भएकाे १५ मिनेटमै ६५ अंकले ओरालाे लागेकाे नेप्से परिसूचक पहिलाे घण्टा (१२ बजे)सम्मकाे काराेबारमा पुन ४० अंक उक्लिएकाे थियाे । फेरि घटेकाे बजार अन्तिममा १३ अंकले बढेर बन्द भएकाे हाे । यसअघि सोमबार ११४ अकंले सेयर बजार घटेको थियो ।

मगंलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.५१ प्रतिशतले बढेर २७१२.०७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन २.३६ अकंले बढेर ५०८.६२ बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ वटा उपसमूहको सूचक घटेका छन् भने अन्य बाकि सबै बढेका छन् ।

त्यस्तै यस दिन कारोबारमा आएका २ सय २३ कम्पनीका १ करोड ५३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ९२ रुपैयाँको खरिदबिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *