हवाई टिकट खरिदको भुक्तानीमा सेल पेको आकर्षक अफर

काठमाडौँ । हवाई जहाजको टिकट खरिदमा भुक्तानी सेवा प्रदाकयक(पीएसपी) कम्पनी सेल पेले सबैभन्दा बढी ‘क्यासब्याक’ (छुट) दिने जनाएको योजना ल्याएको छ । आफ्ना सेवाग्राहीलाई बढी सहुलियत दिन कम्पनीले यस्तो योजना ल्याएको जनाएको छ ।

उक्त योजना अनुसार काठमाडौं–पोखरा रुटका लागि ५ हजार ३५ रुपैयाँ पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी गर्दा २ सय ७७ रुपैयाँ ६० पैसा क्यासब्याक पाइने छ ।

त्यस्तै, यही रुटका लागि ५ हजार ३५ रुपैयाँ पर्ने यति यएरलाइन्सको टिकट खरिदको भुक्तानी गर्दा ३ सय ३५ रुपैयाँ व्याक पाइने छ । यही रुटका लागि ५ हजार रुपैयाँ पर्ने गुण

एयरलाइन्सको टिकट लिँदा ६ सय ५५ रुपैयाँ ८३ पैसा क्यास ब्याक पाउने जनाएको छ ।
काठमााडौं–नेपालगन्ज रुटका लागि १० हजार २ सय ८५ रुपैयाँ पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी सेल पेबाट गर्दा ५ सय ८२ रुपैयाँ ८ पैसा क्यास ब्याक दिने जनाएको छ । त्य

स्तै, यही रुटका लागि १० हजार २ सय ८५ रुपैयाँ पर्ने यती एयरलाइन्सको टिकट खरिदको भुक्तानी गर्दा ७ सय रुपैयाँ र श्री एयरलाइन्सको १० हजार ३ सय पर्ने टिकट दरिदको भुक्तानी गर्ना ९ सय ९ पैसा छुट पाउने जनाएको छ ।

त्यस्तै, काठमाडौँ–सिमरा रुटका लागि ३ हजार पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी सेल पेबाट गर्दा १ सय ८२ रुपैयाँ ७०पैसा, सोही रुटका लागि सोही दरको यति एयरलाइन्सको टिकट खरिदको भुक्तानीमा १ सय ७६ रुपैयाँ ८० पैसा र श्री एयरलाइन्सको टिकटमा २५० रुपैयाँ १० पैसा ब्यास व्याक पाइने सेल पेले जनाएको छ ।

यो छुट अन्य भुक्तानी सेवा प्रदायक कम्पनीको तुलनामा धेरै भएको सेल पेको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *