एमाले सांसद श्रेष्ठले मागे सभामुखको राजीनामा

काठमाडौँ । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभामा समय लिएर बोल्दै उनले सभामुखले दलहरूलाई समान व्यवहार नगरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘कुर्सीको गरीमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो‚’ श्रेष्ठले भने । सांसद श्रेष्ठले एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना संसदमा टाँस गरिनुपर्ने बताए ।

राष्ट्रियसभामा प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयक (बजेट) पेश भएको छ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले एमाले सांसद श्रेष्ठलाई बोल्न समय दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *