निरन्तर बढेको सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज मंगलबार भने उकालो लागेको छ ।

छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सोमबार ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ८९ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी पाँच रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *