नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आइक्यान पार्सदलाई सम्मान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा नवनिर्वाचित आईक्यान पार्सदहरूलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्वअध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष, नेपाल अडिटर एसोसियसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्यलगायत चार्टर्ड एकाउन्टेन्ट्स क्षेत्र सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरूलाई तथा संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपतिबाट विभूषण प्राप्त गरेका संघका सदस्यहरूलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्सबीचको सहकार्यले समग्र पेसाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्वारा विभूषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज-हाल देश बाहिर रहेका, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजीवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईँलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *