नेप्सेमा पहिरो : ११४ अकंले बजार घट्दा साढे ८ अर्बकाे काराेबार

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार नेप्से परिसूचक ११४.०२ अकंले घटेको छ । प्रि–ओपन सेसनकाे काराेबारमा  ५.७६ अकंले नेप्से बढेको नेप्से पछिल्लाे काराेबारमा भारी अंकले घटेकाे हाे ।

सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ४.०५ प्रतिशतले घटेर २६९८.२४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन १९.५१ अकंले घटेर ५०६.२७ बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै यस दिन कारोबारमा आएका २ सय २५ कम्पनीका १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १० हजार रुपैयाँको खरिदबिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *