संविधान दिवसमा कास्की कारागारका २० जनाको कैद छुट

पोखरा । संविधान दिवसमा कास्की कारागारका २० जनाले जेलजीवनबाट छुटकारा पाएका छन् । दुई महिला र १८ पुरुषसहित २० जनालाई कैद छुट दिइएको कास्की कारागार प्रमुख काजीमान सुनारले जानकारी दिए ।

उनका अनुसार अधिकांश चोरी र कर्तव्य ज्यानमा कैद सजाय भोगिरहेका छन् । त्यसबाहेक सवारी ज्यान र हातहतियार मुद्दामा जेल परेकाहरूले पनि छुट पाएका छन् ।

२०७५ भदौ १ भन्दा अघि बारदात भएकाहरूलाई छुट दिइएको हो । अब कास्की कारागारमा ८ सय ७९ जना कैदीबन्दी छन् । कारागारको क्षमता ४ सय २० जनाको भए पनि कोचेर राख्नुपरेको सुनारले सुनाए । देशभरबाट ८ जनाले आममाफी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *