उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचन

कम्युनिस्ट पार्टीहरु मिलेर हराए काँग्रेस उम्मेदवार

विराटनगर । मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शेरबहादुर भण्डारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा प्रगतिशील समूहका भण्डारी लोकतान्त्रिक गठबन्धनका तारमान शेरेङ लिम्बूलाई पराजित गर्दै विजयी भएका हुन् ।

उर्लाबारी ४ निवासी भण्डारी नेकपा एमाले समर्थक हुन् । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रगतिशील समूह बनाएर चुनावमा उत्रिएका थिए भने नेपाली काँग्रेस, सङ्घीय समाजवादी र लिम्बुवानले लोकतान्त्रिक गठबन्धन बनाएका थिए । १ हजार ७ सय ४ मतदाता रहेकोमा १ हजार ४ सय ५२ मत खसेको थियो ।

उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षमा यामलाल रसाइलीमा (माओवादी केन्द्र), उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की (राप्रपा), वाणिज्य उपाध्यक्षमा निर्मला चौहान (नेका) र महासचिवमा हेमराज गुरुङ (नेका) निर्वाचित हुँदा उद्योग सचिवमा डिल्ली खतिवडा (एमाले) र वाणिज्य सचिवमा भेषबन्धु निरौला (नेका) विजयी भए ।

कोषाध्यक्ष राजन दाहाल (माओवादी केन्द्र) निर्वाचित भएका छन् । सदस्यहरूमा स्वतन्त्रबाट उठेका गोपाल भण्डारी भारी मतका साथ विजयी भएका हुँदा नितम चौहान (एमाले), नुतन राई (एमाले), दशरथ यादव (नेका) र  राजकुमार श्रेष्ठ (नेका) विजयी भए । लेखा समिति संयोजकमा गणेश खत्री (नेका) विजयी भए । लेखा समिति सदस्यहरूमा राधिका काफ्ले (माओवादी केन्द्र) र रोशन घिमिरे (नेका) विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *