दशैंका लागि अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि

काठमाडौँ । दशैंका लागि घर जान अग्रीम टिकट बुकिङ असोजको दोस्रो सातादेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, प्रशासन र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच २१ भदाै र शुक्रबार  गरी दुई चरणमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले असोजको ६ र ७ गते बैठक बसेर दशैंमा यात्रु ओसार्न सार्वजनिक बस सञ्चालनबारे आफ्नो आधिकारिक धारणा तय गर्ने र त्यसपछि बस्ने सर्वपक्षीय बैठकले अग्रिम टिकट बुकिङका लागि मिति तोक्ने महासंघका महासचिव सरोज सिटौलाले बताए ।

‘शुक्रबार र त्यसअघि गरी दुई पटक सर्वपक्षीय बैठक भइसकेको छ,’ उनले भने, ‘असोज ६ र ७ गते बैठक बसेर महासंघले आधिकारिक धारणा ल्याउने छ । त्यसपछि अग्रिम टिकट बुकिङ खोल्ने मिति तय हुनेछ ।’

खास गरी लामो सयमदेखि समायोजन नभएको भाडा दर संघीय सरकारले समायोजना गरेको भए पनि केही प्रदेशहरुले समायोजन नगरेको, कोरोनाको प्रभाव अन्त्य नभइसकेको अवस्थामा कसरी सवारी चलाउने, देशका स्थानीय सरकारहरुले आफ्नो क्षेत्रमा सवारी साधन चलाउन बन्देज लगाएको अवस्थामा कसरी सञ्चालन गर्ने, यात्रु तथा सवारीको सुरक्षाको प्रबन्ध कसरी मिलाउने जस्ता विषयमा टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

प्रदेश सरकारलहरुले संघले समायोजन गरेको भाडा दर कार्यान्वयन नगरेको भए पनि दशैंमा २८ प्रतिशत वृद्धि गरेर भाडा दर निर्धारण गर्नुपर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *