ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिक्री गरेको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । ‘८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम दिइएको उक्त ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिने बैंकले जनाएको छ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] LA रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउँदछ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै [ICRANP-IR] A- बाट [ICRANP-IR] A मा स्तरवृद्धि गरेको थियो ।

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *