हराएका २४ मोटरसाइकल धनीलाई बुझाइयो, ३ जना पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट हराएका २४ मोटरसाइकलहरू सम्बन्धित धनीलाई बुझाएको छ । उपत्यकाको विभिन्न स्थानबाट भिन्नभिन्नै मितिमा हराएका २० वटा मोटरबाइक र ४ वटा स्कूटर सम्बन्धित धनीलाई बुझाइएको प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यस्तै एसएसपी भट्टराईले सवारीसाधनको चोरी न्यूनीकरण एवम् नियन्त्रण गर्ने अभियान ट्राफिक प्रहरी निरन्तर रहेको बताउँदै यसको प्रयोगमा सतर्कता अपनाउन आग्रह गरे । ‘हाम्रो अभियान छँदैछ,’ एसएसपी भट्टराईले भने, ‘प्रयोगकर्ताले पनि यसमा थप सतर्कता अपनाउनुपर्छ ।’

यसैबीच प्रहरीले काठमाडौँस्थित थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरी लगिरहेको अवस्थामा बाग्मती प्रदेश ०२–०१५प ६१७२ नं.को २२० सीसीको कालो निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका विजय धिताललगायतलाई पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *