गुण एयरलाइन्सले ८ वर्षपछि पुनः सुरु गर्यो उडान

काठमाडौँ । गुण एयरलाइन्सले शुक्रबारबादेखि पुनः उडान सुरु गरेको छ । सन् २००९ देखि स्थापना भएर उडान सुरु गरेको गुण एयरलाइन्सले सन् २०१३ मा उडान बन्द गरेको थियो ।

आफूसँग रहेका जहाज सिम्रिक एयरलाइन्सलाई बिक्री गरी गुण एयरलाइन्स बन्द भएको थियो । ८ वर्षपछि उक्त एयरलाइन्सले पुन उडान सुरु गरेको हो ।

गुणले दुई विचक्राफ्ट र थप ५ जेट स्ट्रिमसहित कुल ७ जहाज मार्फत पुन उडान सुरु गरेको हो । एयरलाईन्सले कामाडौँबाट भरतपुर, पोखराबाट उडान सुरु गरेको हो । केही दिनपछि सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारमा पनि उडान भर्ने एयरलाइन्सले जनाएको छ ।

गुण एयरलाइन्सले हालै यती एयरसँग ५  वटा जहाज किनेकाे हाे । गुण समूह ऋणकाे संकटमा परेपछि विगतमा याे एयरलाइन्स बन्द भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *