सुपथ मूल्यका पसल सञ्चालनमा (तस्बिरहरू)

काठमाडौँ । सरकारले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । पसलमा सामान खरिद गर्ने उपभोक्ताहरूले प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट पाउने छन् । सुपथ मूल्यका पसल देशभर ३९ स्थानमा रहेका छन् ।

सुपथ मूल्यका पसलमा चिनी, नुन, चामल, घ्यू, पनिरसँगै खसी, बोका र च्याङ्ग्रा किन्न पाइनेछ । चामलमा प्रतिकिलो ५, सिमी तथा फापर खरिदमा प्रतिकिलो १०, नुन प्रतिकिलो २, चिनी प्रतिकिलो ५, खसी–बोका प्रतिकिलो १० रुपैयाँ छुट पाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

तस्बिरमा सुपथ मूल्यका पसल:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *