काठमाडौँ किङ्गस् इलाभेनको मुख्य प्रायोजक शिवम् सिमेन्ट

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा काठमाडौँ किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुन गइरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस् इलाभेनमा आबद्ध हुनेछ ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्स प्रालिबीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम्‌ले  काठमाडौँ किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ ।

टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् । बहुचर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौँ किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन ।

अनुभवी ख्याति प्राप्त खेलाडीहरूले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाडौँ किङ्गस् इलाभेनले यस बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा खेल मार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *