१४ सयले घट्यो सुनको मूल्य, तोलामा कति ?
२०७८ असोज १ गते

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहिबार ७ सयले घटेको सुनको मुल्य आज तोलामा छापावाला सुन १४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर ८९ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
यस्तै तेजावी मुल्य ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुने महासघले जनाएको छ । भने महासघंका अनुसार चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








