काठमाडौं प्रशासनको आदेश

विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललेयस्तो आदेश जारी गरेका हुन् ।

आदेशमा उल्लेख गरिएअनुसार पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ-आफ्नो पालिकास्तरमा कोभिड-१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । ‘विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।’ आदेशमा भनिएको छ ।

प्रशासनले कोरोना संक्रमण कायमै रहेकोले चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ । चाडपर्वमा धेरै जना जम्मा नभई सांकेतिक रुपमा मात्रै मनाउन अनुरोध गरिएको हो । प्रशासनले असोज आजदेखि लागू हुने गरी जारी गरेको निषेध आदेशमा सार्वजनिक स्थानमा भीडभाड नगर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज आदि नगर्न नगराउन आदेश दिएको छ ।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशमा के छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *