तनहुँमा थपियो लकडाउन

पोखरा । तनहुँमा कोरोना संक्रमणका कारण लकडाउन अझै थपिएको छ । बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले असोज १२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अहिले जारी निषेधाज्ञा आजै सकिँदैछ । कोरोनाको जोखिम कायम रहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भौतिक रुपमा हुने सभा, सम्मेलन, प्रदर्शन, भेलालगायत भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

विद्यालय पनि आवश्यक मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडीहरूले सीट क्षमताभन्दा बढी यात्रु बोक्न पाउँदैनन् भने सबैले अनिवार्य मास्क र स्यानीटाइजर प्रयोग गर्नुपर्नेछ । पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत मात्रै पाहुना राख्नेगरी चलाउन पाइनेछ ।

रेस्टुरेन्टहरू बेलुकी ९ बजेसम्म खोल्ने, परीक्षाहरू मापदण्डका आधारमा चलाउने, भारत र अन्य मुलुकबाट आएकाहरू अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । जारी आदेश कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *