इन्टरनेट शुल्क मासिक ३ सयसम्म बढाउन प्रस्ताव

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु इन्टरनेट सेवाको मूल्य मासिक ३ सय रुपैयाँसम्म बढाउन स्वीकृति माग गरेका छन् । सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएशन नेपाल (आईस्पान)ले शुल्क बढाउन स्वीकृत माग गर्दै नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति माग गर्दै पत्र पठाएको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले मकालु खबरलाई बताए ।

‘नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरे बापतको पोल भाडा बढाएको छ,’ उनले भने, ‘प्राधिकरणले बढाएको भाडाको अनुपातमा हामीले पनि इन्टरनेटको शुल्क बढाउने निर्णय गरेका हौँ, स्वीकृतिका लागि एनटीएसँग माग गरेका छौँ ।’

आईस्पानले शहरी क्षेत्रमा हाल चलिरहेको सेवा शुल्कमा मासिक १ सय ५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्म शुल्क बढाउन माग गरेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा बढाउँदा त्यसको मार भने उपभोक्तामाथि पर्ने भएको छ ।

‘विगतमा एउटा पोल प्रयोग गरेवापत वार्षिक २ सय ५ रुपैयाँ तिर्नुपर्थ्यो भने अहिले एउटा पोलमा एउटा कोर तार राखेबापत वार्षिक ७ सय ५० रुपैयाँ तिर्नुपर्ने बनाएको छ,’ उनले भने, ‘त्यसकैका आधारमा शुल्क बढाउन स्वीकृति मागेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *