राेकिएन नेप्सेकाे ओरालो यात्रा, ७६ अंकले घट्याे परिसूचक

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहिबार सेयर बजार (नेप्से परिसूचक) ७६.६५ अकंले घटेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.६५ प्रतिशतले घटेर २८१२.३८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने १२.७३ अंकले घटेर ५२५.७८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

यस दिन मनकामना स्मार्ट लघुवित्त बित्तिय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *