विपद् प्रतिकार्य तालिममा युवा (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ ।

समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्दै स्थानीय क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद् हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित गोकर्णेश्वर नगरपालिका ४ मा आयोजित चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न भएको हो ।

भदौ २६ गतेदेखि सुरु भएको तालिममा ३८ जना युवा सहभागी भएका थिए । नेपाली सेनाको श्री नं १  विपद् व्यवस्थापन गण सुन्दरीजलका प्रशिक्षकले सहभागीलाई तालिम दिएका थिए ।

सो क्रममा प्राथमिक उपचार, बाढी, पहिरो, आगो, डढेलो नियन्त्रण, भूकम्पलगायतका विपद् आइपरेमा बाहिरी रेस्कु टिम नपुग्दासम्मको लागि स्थानीयस्तरमा स्थानीय सामग्रीको प्रयोग गरेर गर्न सकिने विपद् प्रतिकार्यको बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *