आधारभूत ग्राहकलाई २० युनिटसम्म निःशुल्क विद्युत् दिने प्रस्ताव

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आधारभूत वर्गका ग्राहकलाई २० युनिटसम्म निःशुल्क विद्युत् दिने प्रस्ताव गरेको छ । यस्तो प्रास्तावसहित प्राधिकरणले सबैकिसिमका ग्राहक वर्गका लागि विद्युत्को नयाँ दर सहितको प्रस्ताव विद्युत् नियम आयोगलाई पठाएको हो । नेपालमा विद्यूत्को महशुल निर्धारणको काम भने प्राधिकरणको प्रस्तावमा विद्युत् नियम आयोगले गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ११ भदौमा उक्त प्रस्ताव आयोग समक्ष पेश गरेको हो ।

उक्त प्रस्ताव अनुसारको विद्युत् महशुल दरबारे सबै पक्षको धारणा लिन आयोगले भने १४ असोजमा सार्वजनिक सुनुवाई गर्न बुधाबार सार्वजनिक सूचना जारी गरको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत्का सबै सरोकाराला पक्षले आ–आफ्नो धारणा व्यक्त गर्न पाउने छन् । सबै पक्षेको राय सुझाव तथा धारणा समेत बुझेपछि आवश्यक परिमार्जन सहित विद्युत्को नयाँ महशुल दर निर्धारण गर्ने अधिकार नियमन आयोगलाई छ ।

सर्वाजनिक सुनुवाईका लागि आयोगले बुधार सार्वजनक गरेको प्राधिकरणको महशुल दर प्रस्ताव अनुसार ५ एम्पियरको प्रणालीबाट विद्युत् खपत गर्ने, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियर विद्युत् उपभोगका लागि फरक फरक शुल्क दर प्रस्ताव गरिएको छ ।

प्रस्ताव अनुसार ५ एम्पिएको प्रणालीबाट विद्युत् खपत गर्नेहरुको १० देखि ३० युनटिसम्म बिजुली प्रयोग गर्नेले न्यूनतम शुल्क ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा इनर्जी शुल्क भने निःशुल्क रहेको छ ।

त्यस्तै, ३० यूनिट बिजुली प्रयोग गर्नेले न्यूनतम शुल्क ५० रुपैयाँ र इनर्जी शुल्क ६ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । त्यस्तै ५० युनिट बिजुली प्रयोग गर्नेले ५० रुपैयाँ न्यूनतम शुल्क र ८ रुपैयाँ इनर्जी शुल्क तिर्नुपर्छ । १०० युनिटको हकमा ७५ रुपैयाँ न्युनतम शुल्क र ९ रुपैयाँ ५० पैसा इनर्जी शुल्क तिर्नुपर्छ ।

४०० युनिट बिजुली प्रयोग गर्नेले १७५ रुपैयाँ नयुनतम शुल्क र इनर्जी शुल्क १२ रुपैयाँ तिर्नुपर्छ । यो व्यवस्था ५ एम्पियरको हकमा लागू हुन्छ ।

उता १५ एम्पियरको हकमा भने न्युनतम ५० रुपैयाँ र इनर्जी शुल्क भने ४ रुपैयाँ रहेको छ । यसरी बढ्दै जाँदा ४०० किलोवाट घण्टाको न्युनतम २०० रुपैयाँ र इनर्जी शुल्क ११ रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै, ६० एम्पियरको हकमा न्युनतम २७५ रुपैयाँ र ११ रुपैयाँ इनर्जी शुल्क तिर्नुपर्छ । माथिल्लो र तल्लो भोल्टेज प्रयोग गर्ने औद्योगिक ग्राहकको हकमा पनि फरक महशुल तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *