अफ्रिकामा दुई प्रतिशतमात्र खोप

अफ्रिका । संयुक्त राष्ट्रसंघले विश्वमा हाल रहेको कोभिड-१९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको २ प्रतिशतमात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि ५ अर्ब ७ करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये अफ्रिकामा २ प्रतिशत मात्र खोप उपलब्ध रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले मंगलबार सार्वजनिक गरेको एक तथ्याङ्कमा विश्वमा उपलब्ध रहेको खोपको जम्मा २ प्रतिशतमात्र खोप अफ्रिकामा उपलब्ध रहेको भन्दै यो अवस्था राम्रो नरहेको बताएको छ । उक्त संगठनले यस्तै तथ्याङ्कका साथ अघि बढ्ने हो भने विश्वमा खोपमा पनि असमानताको अवस्था सिर्जना हुने धारणा राखेको छ । यस्तो अवस्था आउन नदिन विश्वमा खोपमा समानताका लागि पनि सो संगठनले विश्वमा सबै देशहरुसँग आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा सबै देशहरूमा यो वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ४० प्रतिशत खोप पुर्‍याउने र आगामी वर्ष‚ अर्थात् सन् २०२२ को मध्यसम्ममा विश्वका सबै देशमा ७० प्रतिशत खोप पुर्‍याउने लक्ष्य राखेको जनाएको छ । तर पनि यसरी असमान रुपमा खोपको वितरण हुने हो भने यसबाट विश्वका नागरिकहरु खोपबाट वञ्चित हुनसक्ने खतरा रहेको पनि सो संगठनले जनाएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *