निजी रेलमा पहिलाे पटक नेपाल आयो सामान

काठमाडौँ । नेपालमा पहिलो पटक निजी रेलले भारतबाट सामान ल्याएको छ । भारतको हल्दिया बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा भारतीय ढुवानी कम्पनी हिन्द टर्मिनल प्रालिले आफ्नै रेलमा सामान ल्याइपुर्याएको हो ।

बुधबार बिहान १० बेज वीरगन्जस्थित सुख्खा बन्दरगाहमा ९० कन्टेनर सामान निजी रेलले ल्याएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

‘सन् २०२१ को जुलाईमा नेपाल भारतबीच भएको रेल सेवा सम्झौता पुनरावलोकनपछि सामान आयात निर्यातमा निजी रेल सेवासमेत प्रयोग गर्न सकिने गरी रेल सम्झौता भएको थियो,’ उनले भने, ‘सम्झौतापछि पहिलो पटक भारतीय निजी रेलले नेपालमा सामान ल्याएको हो ।’

विहान १० बजे वीरगन्ज आइपुगेको रेल तथा कर्मचारीलाई स्वागत गरेका थिए । उक्त रेलले नेपाली व्यवसायीले मगाएको खाद्यान्न सामग्री ल्याएको गजुरेलले जानकारी दिए ।

यसअघि वि.सं. २०६१ मा भएको रेल सेवा सम्झौता अनुसार नेपालमा भारतीय सरकारी रेल कम्पनीले मात्रै सामान ढुवानी गर्दै आएको थियो ।

निजी रेलले पनि नेपालमा सामान ढुवानी गर्न पाउने भएपछि ढुवानीमा प्रतितिस्पर्धा बढ्ने र २० प्रतिशतसम्म ढुवानी भाडा सस्तो हुने नेपाली व्यावसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *