प्रदेशसभामा पेस भयाे आमसञ्चार विधेयक

पाेखरा । गण्डकी प्रदेशसभामा पत्रकार र सञ्चार माध्यमलाई नियमन गर्न आमसञ्चार विधेयक पेस भएकाे छ । कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले विधेयक टेबल गरेका हुन् ।

यसअघिकै सरकारले संसद सचिवालयमा दर्ता गरेकाे विधेयकलाई झण्डै ६ महिनापछि संसदमा टेबल गरिएकाे छ ।

प्रस्तावित विधेयकले नियमविपरीत समाचार प्रकाशन तथा प्रसारण गरे १० हजारसम्म जरिवाना र १ वर्ष जेल सजाय ताेकिएकाे छ । इजाजतबिना कार्यक्रम उत्पादन तथा वितरण गर्न नपाइने उल्लेख छ ।

यदि नियमविपरीत काम गरे त्यसकाे निगरानी र कारबाहीकाे अधिकार सरकारकाे सचिवस्तरकाे कर्मचारीले कारबाही गर्ने व्यवस्था राखिएकाे छ । ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लिने र आमसञ्चारसम्बन्धी काम गर्न प्रेस रजिष्ट्रारकाे व्यवस्था गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *